क्याम्पसको सहयोगार्थ महायज्ञमा ८० लाख संकलन



इन्द्र गिरी, संखुवासभा
संखुवासभाको मादी क्याम्पसको सहयोगार्थ सञ्चालीत धार्मिक एकता बहुधार्मिक, बहुसांस्कृतिक ज्ञानमहायज्ञमा ८० लाख नगद सहित ८० रोपनी जग्गा सहयोग संकलन भएको छ । मादी बहुमुखी क्याम्पसको शैक्षिक, भौतिक विकासका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले धार्मिक एकता बहुधार्मिक, बहुसास्कृतिक ज्ञान महायज्ञ गरिएको हो ।

ज्ञानमहायज्ञमा ८० लाख नगद सहित ८० रोपनी जग्गा दान उपलब्ध भएको छ । दानबाट संकलित रकम र जग्गाको आम्दानीवाट मादी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा र शैक्षिक विकासमा खर्च गरिने मादी बहुमुखी क्याम्पस प्रमुख मनबहादुर कार्कीले बताउनु भयो ।

मादी पहिले शैक्षिक गन्तब्यका रुपमा रहे पनि अहिले मादी क्याम्पसको आम्दानीको स्रोत न्यून भई क्याम्पस सञ्चालनमा समस्या आएपछि स्रोत जुटाउन महायज्ञ गरिएको र महायज्ञमा संकलित रकमबाट क्याम्पसको शैक्षिक सुधारमा ठुलो टेवा पुग्ने क्याम्पस प्रमुख कार्कीले बताउनु भयो ।
मादी नगरपालीकाका मेयर विदुर सुब्बाले महायज्ञले सामाजिक तथा धार्मिक एकता कायम गर्न सहयोग पुगेको छ । देशमा विकसित हुदै गएको जातिय द्धन्द्ध लाई समेत निरुत्साहित गर्न र धार्मिक एकता कायम गर्न महायज्ञले सन्देश समेत दिएको दावी गर्नु भयो ।

मादी बहुमु्खी क्याम्पसको आयोजनामा माघ २५ गते देखि फागुण ४ गते सम्म सञ्चालन भएको उक्त महायज्ञमा हिन्दु, बौद्ध र किरात गुरुहरुले प्रवचन दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्