कारसहित साढे सात लाखको सामान बरामद



भद्रपुर, ने.स ।
नीजि नम्बर प्लेटको सुजुकी कारसहित साढे सातलाख रुपैयाँ मूल्य बरावरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर २ झापाबाट बाट खटिएको प्रहरी टोलीले गएराती तामा, पित्तल,काठ चिराउने मेसिन, लत्ताकपडा,मोटर पार्टस लगायतका अवैध सामाग्री बरामद गरेको जनाएको छ ।
कारोबारीले मे १ च ३७७२ नम्बको रातो नम्बर प्लेटको कारमा राखेर अवैध रुपले ल्याउदै गरेको सामान प्रहरीले शनिबार राती विर्तामोड १ बुट्टाबारीबाट नियन्त्रणमा लिएको सशस्त्रका डिएसपी ओजेस ओलीले जनाए । शङ्का लागेर चेकजाँच गर्ने क्रममा कार भित्र राखिएको पित्तलका ४ सय ४२ थान दियो, तामा र पित्तलका ३ सय २४ थान कचौरा, लामाले प्रयोग गर्ने सामग्री ११ थान ,तामा र पित्तलका ९ थान करुवा तथा लोहटा रहेको डिएसपी ओलीले बताए । चालक भने कार रोक्ने वित्तिकै भागेको उनले जानकारी दिए । त्यसैगरि सोही क्षेत्रबाट काठ चिराउने वेन्शो,कपडा, मोटर पार्टस समेत बरामद गरिएको उनको भनाइ छ ।
पित्तल र तामाको सामानहरु र गाडी गरी ५ लाख ७९ हजार ८ सय ५० रुपैयाँ ,मोटर पार्टस र लत्ताकपडा एक लाख ३६ हजार ६ सय ८० रुपैयाँ , सुर्ती र लत्ताकपडा २८ हजार रुपैयाँ मूल्य कायम गरी आइतबार मेची तथा भद्रपुर भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । बुझाइएको सामान भन्सारले कायम गरेको मूल्य भएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्