लोकदोहोरी प्रतिष्ठानको आग्रहः ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न आग्रह



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुनः राख्न शर्मालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्