नेपाल टेलिकमको भवनबाट खसेर एक जना कर्मचारीको ज्यान गयो



काठमाडौं ।

काठमाडौंको बबरमहलस्थित नेपाल टेलिकमको भवनको सातौं तलाबाट खसेर एकजना कर्मचारीका मृत्यु भएको छ ।आइतबार दिउँसो टेलिकमको टावर मर्मत गर्ने क्रममा उनी खसेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा टेलिकममा करारमा कार्यरत् भारतको उत्तर प्रदेश घर भएका वसन्त राठौर रहेका छन् ।

प्रहरीका अनुसार हाल राठौरको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ । त्यहाँ उनको पोष्टमार्टम गर्ने तयारी छ ।

धनगढीमा रहेका राठौरका आफन्त आएपछि पोष्टमार्टम हुनेछ । पोष्टमार्टमका लागि परिवारले जाहेरी दिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्