बाफ्टामा द फेवरेटलाई ७ अवार्ड



हलिउड फिल्म क्षेत्रमा महŒवपूर्ण अवार्ड मानिएको बाफ्टा अवार्डको ७२औं संस्करण हालै सम्पन्न भएको छ।
लन्डनमा आयोजित अवार्ड समारोहमा फिल्म द फेवरेटले आउटस्ट्यान्डिङ ब्रिटिस फिल्म र अभिनेतृसहित सर्वाधिक ७ विधाको अवार्ड चुमेको छ। द फेवरेटबाट ओलिविया कोलम्यानले अभिनेतृ र ¥यासल विस्जले सहअभिनेतृको अवार्ड चुमे। यसै गरी यस फिल्मले ओरिजिनल स्क्रिन प्ले, प्रोडक्सन डिजाइन, मेक अप एन्ड हेयर र कस्टुम डिजाइनको अवार्डलाई आफ्नो बनायो।

फिल्म रोमाले उत्कृष्ट फिल्म, विदेशी भाषाको फिल्म निर्देशक र छायांकनसहित ४ विधाको अवार्ड जितेको छ। समारोहमा रमी मालेकले फिल्म बोहेमियन ¥यापसोडीका लागि अभिनेता, मेहरशाला अलिले फिल्म ग्रिनबुकका लागि सहअभिनेता, लेडी गागा, ब्राडली कपुर र ल्युकस नेल्सनलले फिल्म अ स्टार इज बर्नको स्यालो बोलको गीतबाट ओरिजनल म्युजिक र लेटिसिया राइटले राइजिङ स्टारको अवार्ड चुमे।

फिल्म ब्ल्याक प्यान्थरले भिजुअल इफेक्ट्स, फिल्म बिस्टबाट माइकल पियर्स र लरेन डार्कले आउटस्ट्यान्डिङ डेब्यु ब्वाइ अ ब्रिटिस राइटर, डाइरेक्टर र प्रोड्युसर, ब्ल्याक क्लासम्यानले एडप्टेड स्क्रिन प्ले, वाइजले सम्पादन, बोहेमियन ¥यापसोडीले ध्वनि, काउसले ब्रिटिस सर्ट फिल्म, स्पाइडर म्यानः इन्टु द स्पाइडर वर्सले एनिमेटेड फिल्म र फ्रि सोलोले डकुमेन्ट्री फिल्मको अवार्ड चुमेका छन्।

 

प्रतिक्रिया दिनुहोस्