एचआईभी संक्रमित खेलाडीलाई सगरमाथा चढाउन कर्णदास साँझबाट ३ लाख बढी सहयोग



गायक कर्णदास आपैmं शोकमा थिए, तर उनी मञ्चमा उत्रिएका थिए २५ वर्षदेखि एचआईभी संक्रमित भएर पनि विभिन्न शिखर आरोहण गर्दै आएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठको सर्वोच्च शिखर सगरमाथा आरोहणलाई सघाउन।

केही दिनअगाडि मात्र पितालाई गुमाएका कर्णदास गोपालको सगरमाथा आरोहण अभियानलाई सघाउन कर्णदास सांगीतिक साँझमा उत्रिएका थिए। कार्यक्रमको आयोजना गरेको थियो लायन्स क्लब अफ काठमाडौं टेम्पलले। राजधानीको लाजिम्पाट उत्तरढोकास्थित म्युज रेस्ट्रो वारमा आयोजित कार्यक्रममा कर्णदासले करिब साढे दुई घन्टासम्म आफ्ना लोकप्रिय गीत सुनाई दर्शकलाई मन्त्रमुग्ध मात्र बनाएनन्, विश्वमै पहिलोपटक एचआईभी संक्रमितले गर्न लागेको सगरमाथा आरोहण अभियानलाई हौस्याउने काम पनि गरे। जहाँ आयोजक लायन्स क्लब अफ काठमाडौं टेम्पलले खर्च कटाएर बाँकी हुन आएको रकम हाललाई २ लाख रुपियाँ गोपाललई हस्तान्तरण ग¥यो। आयोजक टेम्पलबाहेक कार्यक्रममा सहभागी विभिन्न व्यक्तिले स्वतस्र्फूतरूपमा १ लाख रुपियाँभन्दा बढी सहयोग गरे। कार्यक्रममा कर्णदासले ठूला ठूला महल होइन, जिन्दगीको के भरोसा, भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, पुरानो डुंगा, एउटै थियो मुटु, अनौठो व्यथा भएछ मेरो प्रेम कहानी, मनमनै मन पराइसकेछुलगायतका भावप्रधान र रोमान्टिक गीत प्रत्यक्षरूपमा गाएर सुनाई दर्शकको मन जितेका थिए।

कार्यक्रममा आयोजक संस्थाका तर्पmबाट शारीरिक अपांगता भएका पोखराका २ पीडितका लागि ≈वीलचियर पनि हस्तान्तरण गरिएको थियो। आयोजक टेम्पलका प्रेसिडेन्ट सुदर्शन महर्जनले एचआईभीजस्तो भयावह संक्रमण भएर पनि खानपान र परहेजमा बस्ने हो भने सामान्य मानिसले समेत गर्न नसक्ने अदम्य साहसपूर्ण कार्य गर्न सकिन्छ भन्ने दरिलो उदाहरणका रूपमा देखिएका गोपाल श्रेष्ठको सगरमाथा आरोहणलाई सघाउन कार्यक्रम आयोजना गरिएको बताए। त्यसै गरी एरिया लिडर बालकृष्ण बुर्लाकोटी र लायन्स क्लब अफ काठमाडौं टेम्पलका पास्ट प्रेसिडेन्ट अरूणकुमार श्रेष्ठले लायन्स क्लबको सामाजिक उत्तरदायित्व र लायन्सले गर्दै आएको सामाजिक कार्यबारे चर्चा गरेका थिए। गोपाल श्रेष्ठले आफ्नो सगरमाथा आरोहण विश्वकै लागि नयाँ कुरा हुने विश्वास व्यक्त गरे। उनको सगरमाथा आरोहणका लागि ४३ लाख रुपियाँ खर्च हुने बताइएको छ।

कार्यक्रममा गायिका सुनिता गुरुङले पनि गीत प्रस्तुत गरेकी थिइन् भने मनाङ गुरुङको कोरियोग्राफीमा कौरा नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्