प्रेम दिवसमा आयुष्मान र प्रियंकाको रियल जोडी



प्रेम दिवस नामक फिल्ममा नायक नायिका आयुष्मान देशराज श्रेष्ठ र प्रियंका कार्कीको रियल जोडीलाई जोडीकै रूपमा देखिने भएको छ।
यसको फस्ट लुक हालै रिलिज भएको छ। आगामी जेठ ३ गतेबाट अल नेपाल रिलिज गरिने फिल्मको फस्ट लुकमा मुख्य कलाकार आयुष्मान र प्रियंकाका साथमा विशाल खरेललाई देखाइएको छ।

फिल्ममा हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल पनि मुख्य भूमिकामा छन्। रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण बनेको फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाज, द्वन्द्व रोशन श्रेष्ठ, छायांकन मानकृष्ण महर्जन तथा सम्पादन बनिष शाह र मिलन श्रेष्ठको रहेको छ। योगेश घिमिरेद्वारा निर्देशित फिल्म सञ्जय न्यौपानेले निर्माण गरेका हुन् भने मेश चौधरी र उत्सव ढकाल सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्