पाँच मारिए



वासिंगटन,(एजेन्सी)
अमेरिकाको इलिनोइस राज्यको एउटा औद्योगिक पार्कमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ । यस आक्रमणमा अनय थुप्रै घाइते भएको बताइएको छ ।

प्रहरी अधिकारीहरसंगको दोहरो भिडन्तमा आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको छ । यस सुरक्षा कारवाहीका ेदौरान पाँच जना प्रहरी अधिकृत पनि गोली लागेर घाइते भएका छन् । शिकागो देखि करिव ४० माइल पश्चिममा पर्ने उपनगर अरोरा स्थित एउटा उत्पादन कम्पनीमा यो गोलीकाण्ड घटेको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्