उमेश र राजनको जोडीलाई उपाधी



काठमाडौं, (नेस)
उमेश राई र राजन गोलेको जोडी छैटौं बुल्स अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिता २०७५ को उपाधी हात पार्न सफल भएका छन् । राई र गोलेको जोडीले अरुण पोखरेल र शिवराज थापाको जोडीलाई १९–२१, २१–१४, २१–१६ को सेटमा पराजित गर्दै उपाधीमाथि कब्जा जमाएका हुन् ।

बुल्स जिमको आयोजना तथा अपी स्पोर्टस् म्यानेजमेन्ट प्रा.लि.को ब्यवस्थापनमा भएको प्रतियोगिता क्लबका ब्याडमिन्टन खेलका सदस्यहरु विच क्षमता उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको तेश्रो स्थानमा अजय थापा र बिरवल दुग्गड तथा रवी श्रेष्ठ र निरोज के.सी. को जोडी रहे ।

अजय र बिरवलको जोडी उमेश राई र राजन गोलेको जोडी संग १४–२१, १८–२१ ले तथा रवी र निरोजको जोडी अरुण पोखरेल र शिवराज थापाको जोडी संग ११–२१, १२–२१ ले पराजित हुँदै तेश्रो स्थानमा खुम्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्