महिन्द्राको लाइफस्टाइल अटो शो हुँदै



काठमाडौं, (नेस)
महिन्द्राले मोविलीटी सोलुसनअन्तर्गतका पँरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्सियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म ‘महिन्द्रा उदय’ २०१९ फेस्टीवलमा प्रदर्शन गर्ने भएको छ ।

नेपालमा पहिलोपटक यस्तो लाइफस्टाइल अटो शोको आयोजना अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको हो ।

महिन्द्राको टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता प्रोडक्टहरुको प्रदर्शनी हुनेछ ।

त्यस्तै नेपालमा पहिलोपटक महिन्द्राका नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरुको प्रदर्शनी हुनेछ। त्यसबाहेक हेभी कमर्सियल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्सियल भेइकलअन्तर्गत फ्युरियोको प्रदर्शनी हुनेछ ।

स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर, मास मार्केट इलेक्ट्रिक कारहरु–ईटुओ र ईभेरिटोको प्रदर्शनी हुने छ ।

त्यसक्रममा महिन्द्राको रेसिङ् इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गरिने तथा महिन्द्राको एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ईअल्फा पनि राखिने प्रदर्शनी फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डप हुनेछ ।

प्रतिक्रिया दिनुहोस्