निर्माण व्यवसायका निम्ति प्रतिकूल समय रहेको गुनासो



 

नेपाल समाचारपत्र, काठमाडौं
निर्माण व्यवसायीहरूले व्यावसायिक एकता नै आजको आवश्यकता भएको बताएका छन् । नयाँ सरकार गठन भएको एक वर्ष बितिसक्दा समेत निर्माण क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै उनीहरुले गहिरो चिन्ता समेत व्यक्त गरे ।

नेपाल निर्माण व्यवसायी महासंघअन्तर्गतको एसोसिएट सदस्य समन्वय कार्य समितिको नवौं राष्ट्रिय भेलाको उद्घाटनका अवसरमा उनीहरुले निर्माण क्षेत्रमा निरन्तर गम्भीर चुनौतीहरु थ्पिँदै गएको बताएका छन् । काभ्रेको धुलिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायी एक भएमा जस्तोसुकै चुनौती पार लगाउन सकिने बताउनुभयो । विगतका तिता–मीठा सबै कुरा बिर्सदै अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको सिंहको भनाइ थियो ।

व्यवसायीहरुको समस्या अवगत गराउन लामो समयदेखि प्रधानमन्त्रीलाई भेट्ने प्रयास सफल नभएको अध्यक्ष सिंहले बताउनुभयो । महासंघ साना व्यवसायीहरुको समस्यामा निकै संवेदनशील रहेको भन्दै उहाँले रचनात्मक सुझावका लागि सबै समक्ष आग्रह गर्नुभयो । महासंघका मानार्थ सदस्य समेत रहनु भएको सांसद जीपछिरिङ लामा शेर्पाले अहिले व्यवसायीहरुका लागि प्रतिकँल अवस्था सिर्जना भएकाले सबै चनाखो हुनुपर्ने धारणा राख्नुभयो ।

महासंघका सल्लाहकार समेत रहनु भएका पँर्व अध्यक्षहरु रमेश शर्मा र सुकुन्तलाल हिराचनले निर्माण व्यवसायीको योगदानलाई राज्यले कदर गर्न नसकेको टिप्पणी गर्नुभयो । पँर्वअध्यक्ष यक्षध्वज कार्की तथा निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघ नेतृत्वले सबैखाले व्यवसायीलाई समेट्नुपर्ने बताउनुभयो । भौतिक पँर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले मुलुक निर्माणमा निर्माण व्यवसायीको भँमिका महत्वपँर्ण हुने भएकाले समय सापेक्ष ढंगले व्यवसायीहरुसँग सम्बन्धित ऐन नियम परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।

एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक आङदोर्जी लामा (ए.डी) ले महासंघका सबै गतिविधिमा आफ्नो नेतृत्वको समितिको सक्रिय सहभागिता रहने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायीहरु भौतिक पँर्वाधार निर्माणका मेरुदण्ड भएको धारणा राख्नुभयो ।

यसैबीच महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको निर्विरोध चयन भएको छ । रामजी पन्त (मुकेश) सह–सहंयोजक रहेको कार्य समिति निर्विरोध चयन भएको हो । एसोसिएट सदस्य समन्वय कार्य समितिको संयोजक भने महासंघका उपाध्यक्ष आङदोर्जी लामा (ए.डी) रहनु भएको छ । आङ दोर्जी लामा (ए.डी) गत असोज महिनाको पहिलो साता राजधानीमा सम्पन्न महासंघको २०औं साधारणसभा तथा ११औ अधिवेशनमा एसोसिएट उपाध्यक्ष निर्वाचित हुनु भएको थियो ।

एसोसिएट सदस्य समन्वय कार्यसमितिको सचिवमा नवराज श्रेष्ठ, उपसचिवमा मोहन कार्की, कोषाध्यक्षमा शिवशक्ति भट्टराई तथा सहकोषाध्यक्षमा लक्ष्मी बस्नेत निर्विरोध हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भने खड्गबहादुर बुढाथोकी, इन्जिनियर प्रदीप कुमार खत्री, अनिल कुवँर, कृवेश श्रेष्ठ, उमेशध्वज थापा, तेण्डी शेर्पा, तुलसीराम भण्डारी, नवीनकुमार झा, गोकर्ण राउत, दिवाकर लामिछाने र केशव त्वानावासु निर्विरोध हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्