इलेक्ट्रोनिक्स कार्गाे सिस्टम शुरू



काठमाडौं, (नेस)
विदेशबाट आयात गरिएका सामान इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम (इसीटीएस) मार्फत आउन शुरू भएको छ । भारतले इलेक्ट्रोनिक्स कार्गाे सिस्टममार्फत फागुन ३ गतेबाट लागँ भएसँगै आयातित सामान ट्रयाकिङ सिस्टमबाट आउन थालेको हो ।

कोलकाता बन्दरगाहले शुक्रबारदेखि इसीटीएस कार्यान्वयनमा ल्याउने भएसँगै नेपालमा आयात हुने सामान पनि सो प्रणालीमार्फत नेपाल आयात हुने छ ।
भन्सार बिन्दँ वीरगन्जमा हुने उल्झनलाई यो सिस्टमले सहज बनाउने छ भने अर्काेतर्फ कागजी प्रक्रियासमेत घट्ने भएकाले एजेन्टहरूको मनोमानी र व्यवधानलाई प्रणालीले सहज बनाउने विश्वास व्यवसायीको छ । नेपालमा सामान आयात गर्दा अब सामान पठाउँदा कोलकाता बन्दरगाहले सामान बोक्ने कन्टेनरमा इलेक्ट्रोनिक डिभाइसबाट जडान गर्नेछ । सो डिभाइसले नियन्त्रण नियमन गर्नको लागि भनसार बिन्दँलाई सहज बनाउने छ ।

जसको जडान शुल्कवापत नेपाली व्यवसायीले ५३ सय रुपियाँ सेवा शुल्क बुझाउनुपर्ने छ । तेस्रो देशबाट नेपाल आयात हुने समानहरु कन्टेनरमा जडान गरिएको डिभाइसमार्फत नियमन हुँदै वीरगन्ज नाकाबाट नेपाल भित्र्याइने छ । कोलकाता बन्दरगाहबाट कन्टेनरमा सामान ल्याउँदा सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता गइसक्नुपर्ने व्यवस्था छ । उक्त अवधिभित्र कन्टेनर फिर्ता नगए आयातकर्ताले प्रतिकन्टेनर विलम्ब शुल्कवापत दिनको ४५ देखि १०५ डलर तिर्नुपर्ने व्यवस्था छ ।

डेढ महिनापछि कोलकाताबाट ट्रकमा आउने कन्टेनरमा समेत इसीटीएस सुविधा जडान गर्ने हुने जनाइएको छ । यो प्रणाली लागँ भएपछि नेपाली आयातकर्ताले क्लियरिङ एजेन्टमार्पmत ८ वटा कागजपत्र २४ ठाउँमा हस्ताक्षर गराउने उल्झन हटेर जानेछ ।

आयातकर्ताले पेश गर्नुपर्ने कागजातहरूमा कस्टम ट्रान्जिट डिक्लियरेसन फर्म (सीटीडी फर्म), इन्भ्वाइस, प्याकिङ लिस्ट, लेटर अफ अन्डरटेकिङ, बिल अफ लोडिङ, नेपालका तर्फबाट जारी भएको आयात लाइसेन्स, बीमाका कागज, एलसी वा ड्राफ्ट हुन् ।

हाल तेस्रो मुलुकबाट आएको सामान कोलकातामा कागजात जाँचपासका लागि लामो समय लाग्दै आएको छ । विगत ८ महिनादेखि विशाखापट्टन बन्दगाहमा इसीटीएसको सुविधा उपलब्ध छ । सिपिङ लाइनले वीरगन्जसम्म कन्टेनर पु¥याएपछि मात्र कन्टेनर बुझाएको समयको काउनडाउन शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्