नगरपालिकाका ११ वटै वडा कार्यालयमा सडक



बैतडी, (नेस)
बैतडीको दशरथचन्द नगरपालिकाको ११ वटै वडा कार्यालयमा सडक पुगेको छ। वडा नं ३ को कार्यालय नजिक पनि सडक पुगिसकेकाले सबै वडा कार्यालयमा सडक पुगेको नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताउनुभयो।

नगरपालिकाका सबै वडा कार्यालयमा सडक पुगेपछि नगरबासीलाई सजिलो भएको उहाँले बताउनुभयो। नगरपालिकाले चालू आर्थिक वर्षमा सडक विस्तारका लागि ८ करोड बजेट विनियोजन गरेर काम भइरहेको इन्जिनियर बोहराले बताउनुभयो।

वडा कार्यालयमा सडक पुगेपछि विभिन्न बस्तीमा सडक पु¥याउने कामलाई प्राथमिकतामा राखिएको दशरथ चन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो। सडक विकासको सबैभन्दा महŒवपूर्ण पूर्वाधार भएकाले आफूहरूले सडक निर्माणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। सबै बस्तीमा सडक पु¥याउनका लागि नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्