बलिउडका उत्कृष्ट १० अभिनेता



रश्मी थापा
बलिउड नायक भन्नेबित्तिकै तपाईंको दिमागमा सलमान खान, साहरूख खानजस्ता नायकहरूको तस्वीर आउन सक्छ। तर बलिउडमा यस्ता धेरै अभिनेता छन्, जो अभिनयको मामलामा तीन खानभन्दा धेरै अगाडि छन्।


इरफान खान

अभिनेता इरफान खानले भारतको नेसनल स्कुल अफ ड्रामामा पढ्नका लागि छात्रवृत्ति पाएपछि स्कुलमा भर्ना भए। उनले भरत एक खोज, चन्द्रकान्त, चाणक्यजस्ता टेलिभिजन सिरियलबाट आफ्नो करियर शुरू गरेका थिए। उनले फिल्म क्षेत्रमा जानका लागि यहीबाट संघर्ष गरे। फिल्म रोग तथा हासिलमा गरेको भूमिकाका कारण उनले प्रसिद्धी कमाए। फिल्म पान सिंह टोमरले उनलाई मानिसहरूको माझ अझ बढी चिनायो।

नाना पाटेकर

अभिनेता नाना पाटेकरका पिता नाटकप्रेमी थिए। त्यही कारण उनमा पनि अभिनयमा रुचिको विकास भयो। बलिउडको प्रसिद्ध फिल्म फेयर अवार्डमा अभिनेता, सहअभिनेता र खलनायकको अवार्ड जित्ने उनी एकमात्र अभिनेता हुन्। यी अवार्डले नै उनको बहुमुखी प्रतिभाको बारेमा बुझाउँछ।

 

पंकज त्रिपाठी

बलिउडमा पंकज त्रिपाठीलाई स्वाभाविक र प्राकृतिक अभिनयका लागि चिनिन्छ। भारतको बिहारमा जन्मिएका उनी बाल्यकालमा गाउँमा हुने नाटकहरूमा बालिकाको भूमिकामा खेल्थे।

त्यही बेलादेखि उनले आफू अभिनेता हुने चाहना बुझे। विद्यालयस्तरको पढाइ सकिएपछि उनी पटनामा गई थिएटरमा काम गर्न थाले भने त्यसपछि दिल्ली गएर नेसनल स्कुल अफ ड्रामामा भर्ना भई अभिनय सिकेर आफ्नो अभिनय क्षमताको विकास गरे। फिल्म ग्याङ्स अफ वासेपुरबाट उनले अभिनयमा नाम बनाए र तारिफ कमाए।

नवाजुद्धिन सिद्धिकी

रसायन विज्ञानको स्नातक गरेपछि नवाजुद्धिन दिल्ली गए। जहाँ उनी अभिनयमा आकर्षित भएर अभिनयतिर लागे। सन् १९९६ मा नेसनल स्कुल अफ ड्रामाबाट नाटकमा स्नातक गरे। अभिनयमा नाम कममाउनका लागि धेरै संघर्ष गरेका उनले विभिन्न फिल्ममा धेरै सानातिना भूमिका र केमियोहरू गरे। फिल्म ग्याङ्स अफ वासेपुरले उनलाई सुपरस्टार बनायो।

 

अनुपम खेर

अभिनेता अनुपम खेरले विभिन्न भाषामा ५ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनी कमेडी, ट्रयाजेडी, नकरात्मक भूमिका आदिमा राम्रो अभिनय गर्न सक्ने क्षमता भएका भर्साटाइल कलाकार हुन्। उनले भारतको नेसनल स्कुल अफ ड्रामाकोे अध्यक्ष पद सम्हालिसकेका छन्।

नसिरुद्धिन शाह

आर्ट्स विषयमा स्नातकसम्मको अध्ययनपछि अभिनेता नसिरुद्धिन शाहले भारतको नेसनल स्कुल अफ ड्रामामा नामांकन गरे। अभिनय कलाको अभ्याससँगै उनी भारतीय सिनेमामा एक महŒवपूर्ण व्यक्तिका रूपमा छाए। उनले हालसम्मे तीन राष्ट्रिय अवार्ड जितेका छन्।

पंकज कपुर

अभिनेता पंकज कपुरलाई मानिसहरू वकिङ एक्सन स्टन्ट इन्स्टिच्युसन पनि भन्छन्। उनले तीन राष्ट्रिय पुरस्कार जितेका छन् भने उनी प्रतिभाशाली अभिनेता सहिद कपुरका पितासमेत हुन्।

बोमन इरानी

बोमन इरानी बलिउडमा प्रवेश गर्नुअघि वेटर तथा फोटोग्राफरको काम गर्थे। उनी अन्य अभिनेताका तुलनामा एक्टिङ करिअरमा धेरै पछि आए। तर उनले बलिउड उद्योगमा प्रवेश गरेपछि एकपटक पनि पछाडि फर्किनु परेन। उनका यादगार फिल्महरू थ्री इडियट्स, मुन्ना भाइ एमबीबीएस, लगे रहो मुन्ना भाइ आदि हुन्।

मकरन्द देशपाण्डे

भारतीय अभिनेता, निर्देशक तथा लेखक मकरन्द देशपाण्डेलाई स्वदेश, मकडीजस्ता फिल्ममा सहायक भूमिकाको लागि चिनिन्छ। भारतीय थियटरमा उनको योगदान असामान्य छ। उनले ४० फुल लेन्थ नाटक र करिब ५० छोटो नाटकहरू निर्देशन गरेका छन्।

मनोज बाजपेयी

मनोज बाजपेयी एक प्रसिद्ध भारतीय अभिनेता हुन्। उनले आफ्नो अभिनय क्षमताका लागि दुई राष्ट्रिय पुरस्कार तथा ४ फिल्म फेयर अवार्ड पनि जितिसकेका छन्। बिहार राज्यको एक सानो गाउँमा जन्मेका उनी भविष्यमा एक सफल अभिनेता बन्न चाहन्थे। उनले १७ वर्षको भएपछि नेसनल स्कुल ड्रामामा भर्नाका लागि आवेदन भरे। तर उनलाई विद्यालयले ४ पटक भर्ना लिन अस्वीकार ग¥यो। उनको प्रयास भने जारी थियो। नाट्य निर्देशक तथा शिक्षक बेरी जोनका साथ अभिनयको आधारभूत पक्षहरूका बारे ज्ञान लिई केही समय काम गरेपछि उनले फेरि नेसनल स्कुल ड्रामामा भर्नाका लागि आवेदन भरे। उक्त विद्यालयले उनलाई शिक्षकको पदमा अफर गरेको थियो। फिल्म द्रोहकालमा सानो भूमिकामा अभिनय गरेर अभिनय क्षेत्रमा प्रवेश गरेका उनले सत्य, स्कुल, कौन, जुवेइदाजस्ता फिल्ममा अभिनय गरेर प्रसिद्धी कमाएका थिए।

प्रतिक्रिया दिनुहोस्