प्रितिमाको जित



काठमाडौं, (नेस)
प्रितिमाले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ।
प्रितिमाले नवजीवनलाई ३–१ गोलले पराजित गर्दा समीर थापा, ज्योति सदा र विवेक बस्नेतले १–१ गोलको योगदान दिए। नवजीवनका नानुप खड्काले सान्त्वना गोल फर्काएका थिए। नवजीवनका प्रनिश विक ‘म्यान अफ द म्याच’ घोषित भए।

अर्किड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ग्रामर पब्लिक स्कुल र गेट्वे एकेडेमी पनि विजयी भए। ग्रामरले प्रज्ञालाई ४–० गोलले हरायो। ग्रामरका सम्रिटजंग कार्कीले २ तथा सुनील तामाङ र निकित पौडेलले १–१ गोल गरे। प्रज्ञाका संयोग ढकाल ‘म्यान अफ द म्याच’ चुनिए। गेट्वेले निर्मल ज्योतिलाई ४–० गोलले पाखा लगायो। गेट्वेका सुनील तामाङ, समीर श्रेष्ठ, ध्रुव पोखरेल र अनिश तामाङले गोल गरे। निर्मलका राकेश केसी ‘म्यान अफ द म्याच’ बने।

 

प्रतिक्रिया दिनुहोस्