विल्सन र स्वप्न वाटिका च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं
विल्सन एकेडेमी र स्वप्न वाटिका तेस्रो भानु विन्टर कप बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन्। विल्सनले सिनियर ब्वाइज तथा स्वप्न वाटिकाले सिनियर गल्र्सको उपाधि जिते।

पानीपोखरीस्थित आयोजक भानुभक्त मेमोरियल स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा विल्सनले पिपुल्स एकेडेमीलाई ५६–५१ ले पराजित ग¥यो। विल्सनका पेम्बा शेर्पाले २६ अंक जोडे। गल्र्सको उपाधि भिडन्तमा स्वप्न वाटिकाले एचएचसीएलाई २२–१९ ले हरायो। स्वप्न वाटिकाकी प्रशंसा फडेराले १८ स्कोर गरिन्।

ब्वाइजमा विल्सनका सुशान्त लामा तथा गल्र्समा स्वप्न वाटिकाकी प्रशंसक फडेरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ब्वाइजमा मेरिडियन तथा गल्र्समा बाल मन्दिरले अनुशासित टिमको उपाधि हात पारे।

प्रतिक्रिया दिनुहोस्