माफ भलिबलमा १४ टोली



काठमाडौं, (नेस)
म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम ९माफ० को आयोजनामा दोस्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा १४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन्। सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। चारदिने प्रतियोगिताका खेल हाडीगाउँस्थित एडभान्स स्कुलको कोर्टमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्