हावाबाट पैसा



सरकार दुई तिहाइको यो सरकारलाई कसैले छुन सक्ने हिम्मत पनि राख्दैन। हुन पनि हो ३ दशकपछि पहिलोपल्ट सरकार दई तिहाइको बनेको पनि एक वर्ष बितिसक्यो। अब के–के न होला भन्ने ठानेका थिए जनताले तर दुई तिहाइका प्रधानमन्त्री केपी ओलीले भाषण गर्ने जनता नानाभातीका आशा देखाउनेभन्दा एक वर्षमा अरू केही भएन। तै पनि प्रधानमन्त्री भन्दै हिँडेका छन्– मेरो सरकार अहिलेसम्मकै उत्कृष्ट छ। हैन महजोडीलाई समेत माथ दिने गरी भाषण गरी हिँड्ने तर काम भने कुनै नगर्ने प्रवृत्तिले जनता हैरानीमा मात्र परेका छैनन् उनीहरू अलमलमा परेका छन्। सपना मात्र देखाएर भएन प्रधानमन्त्रीज्यू कामको शुरुआत गर्नुप¥यो। अहिले नगरे कहिले गर्ने यो सुनौलो मौका गुमाउने काम प्रधानमन्त्रीबाट नहोस् भन्ने धरहराको चाहना छ। चाहनाले मात्र काम गर्दैैन काम फिल्डमा हुनुपर्छ भन्ने मान्यता धरहराको छ। हुँदाहुँदा प्रधानमन्त्रीले आवाबाट पनि पैसा कमाउन सकिने हावादारी कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको त हैन भन्ने भान पर्न थालेको छ। राजनीति पनि सज्जनले गर्दछन् भन्ने छाप छोड्नुप¥यो पीएमज्यू रु कि कसो त पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्