हेराल्ड विजयी



काठमाडौं, (नेस)
हेराल्ड कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ। वसुन्धारास्थित ऋत एकेडेमीमा भइरहेको बास्केटबलमा हेराल्डले प्रिमियरलाई ४०–२७ ले पराजित ग¥यो। हेराल्डका मुकेश मगर र मीनराज गुरुङले समान १३–१३ अंक जोडे।
ब्वाइजमै टाइम्सले साउथ वेस्टर्नलाई ५३–११ तथा सीसीआरसीले एन्जल्स हर्टलाई ४७–१२ ले हराए। टाइम्सका सुजन लिम्बुले १९ तथा सीसीआरसीका सयुन राईले १२ स्कोर गरे। गल्र्समा सीसीआरसीले जुबिलियन्टलाई १७–१४ तथा साइपाल एकेडेमीले ग्रिनफिल्डलाई २९–१० ले निराश पारे। सीसीआरसीकी वर्षा कँडेलले ४ अंक जोडिन्।

प्रतिक्रिया दिनुहोस्