बेलबासीको नेतृत्वमा टोली घोषणा



काठमाडौं, (नेस)
यही फागुन फागुन ६ गतेदेखि थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ।
आईसीसी ओमेन्स क्वालिफायर एसिया–२०१९ क्रिकेट प्रतियोगिताको लागि रुबिना क्षत्री बेलबासीको नेतृत्वमा टोलीको घोषणा भएको हो। टोलीमा सीता रानामगर उपकप्तानमा छिन् भने पूर्वक्रिकेटर विनोद दास प्रमुख कोचमा रहेका छन्। अन्य सदस्यमा करुणा भण्डारी, नेरी थापा, रोमा थापा, बिन्दु रावल, ममताकुमारी चौधरी, आरती बिडाल, काजल श्रेष्ठ, कविता कुँवर, अप्सारी बेगम, सोनु खड्का, इन्दु वर्मा र सरिता मगर टोलीमा छन्। वैकल्पिक खेलाडीमा रितुकुमारी कनौजिया, सुमन बिष्ट, अञ्जली चन्द र डली भट्टलाई राखिएको छ।

प्रतियोेगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, यूएई, हङकङ, चीन र कुवेत गरी ७ टोलीले सहभागिता जनाउनेछन्। आज नै थाइल्यान्ड जाने नेपालले फागुन ७ गते मलेसियासँग खेल्नेछ। त्यस्तै फागुन ९ गते आयोजक थाइल्यान्डसँग खेल्ने नेपालले फागुन १० गते यूएईविरुद्ध खेल्नेछ। नेपालले फागुन १२ गते हङकङसँग, फागुन १३ गते चीनसँग र फागुन १५ गते कुवेतसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्