१ सय २३ सहकारीका व्यवस्थापक एकै थलोमा



नेपाल समाचारपत्र, काभ्रे
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा जिल्लामा दुई दिने सहकारीका व्यवस्थापन प्रमुखहरूको जिल्लास्तरीय गोष्ठी शुरू भएको छ। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गोष्ठीको उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष बडालले सहकारीहरूले बहुआयामिक गरिबीलाई न्यून गर्न महŒवपूर्ण योगदान पु¥याएको बताउनुभयो। ‘सहकारीहरूले सामाजिक न्यायका आधारमा गतिविधि अगाडि बढाई रहेका छन्।’ सहकारी सञ्चालनको मुटु व्यवस्थापन हो। व्यवस्थाप को–अपरेट हुनुपर्दछ।’ अध्यक्ष रामहरी केसीले सहकारी भित्रको शुसासन, पारदर्शिता र जवाफदेहिता बहन गर्न व्यवस्थापकको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो।
 बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकासका लागि सक्षम जिल्ला संघ बनाउने परिकल्पनाका अनुसार अगाडि बढेको अध्यक्ष केसीले बताउनुभयो। बचत तथा ऋण सहकारी संस्थाको प्रवद्र्धन, सुदृढीकरण र समन्वय गरी संस्थागत विकास गर्दै सदस्य संस्थालाई वित्तीय तथा गैरवित्तीय सेवा पु¥याउनु, जिल्लाभित्र रहेका सहकारीमा कार्यरत व्यवस्थापकीय कर्मचारीलाई विषयगत छलफलका लागि साझा मञ्च उपलब्ध गराउने उद्देश्यले उक्त गोष्ठी आयोजना गरिएको प्रबन्धक ज्ञानेन्द्र दाहालले बताउनुभयो।

सहकारीमा कार्यरत व्यवस्थापन प्रमुखको व्यवस्थापकीय क्षमता विकास गरी नतिजामा आधारित व्यवस्थापनको अवधारणा पेश गर्ने, सहकारी क्षेत्रमा भएका नवीनतम् विधि, प्रविधि र अभ्यास आदान प्रदान गर्ने, सहकारी अभियानमा देखिएका जोखिमका क्षेत्रमा पहिचान गरी न्यूनीकरणका उपायमा छलफल गर्ने, सहकारी सहकारीबीचको आपसी समन्वय र सिकाईको आदान प्रदानमार्फत व्यवस्थापकिय क्षेत्र मजबुत बनाउने, सहकारीको भविश्यलाई कुशल ब्यवस्थापनसँ जोड्ने प्रयास गर्ने, सहकारी क्षेत्रलाई रोजगारको आर्कषक रोजाई निर्माणका लागि कुशल प्रतिस्पर्धी ब्यवस्थापन तयार गर्ने गोष्ठीको उदेश्य रहेको छ।

गोष्ठीको पहिलो दिन काभ्रेको सहकारी अभियान, ब्यवस्थापकीय चुनौती र सम्भावनाका बारेमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सहकारीका प्रवन्धक ज्ञानेन्द्र दाहाल, सहकारीमा मानवश्रोत विकास र सफलताको योजनाका बारेमा नेफ्सकुनका शिवजी सापकोटा, ऋण लगानीका बारेमा प्रमोद घिमीरे र सहकारीमा वित्तिय व्यवस्थापनका बारेमा केशवप्रसाद पोखरेलले प्रशिक्षण दिएका थिए। दोस्रो दिन सहकारी क्षेत्रमा श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयन, टेक्नोलोजिकल च्यालेन्ज इन को अपरेटिभस्का बारेमा नारायण भुजु, सहकारीमा सकारात्मक सोचकाबारेमा डा। राजु अधिकारीले प्रशिक्षण दिने छन्।

कार्यक्रममा संघमा आबद्ध २ सय २६ सहकारीमध्ये १ सय ३ वटा सहकारीका १ सय २३ जना व्यवस्थापक सहभागी छन्। जिल्लामा १ हजार ४ सय ९५ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको थियो। काभ्रेमा पहिलोपटक २०१७ सालमा पाँचखाल बहुमुखी सहकारी दर्ता भई सञ्चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्