डेढ करोडभन्दा बढी शेयर सूचीकृत 



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता विभिन्न कम्पनीको १ करोड ६२ लाख ७६ हजार २७६ दशमलव ६६ कित्ता शेयर सूचीकृत भएको छ।नेप्सेका अनुसार सूचीकृत हुनेमा एनसीसी बैंकको हकप्रद शेयर ७९ लाख ११ हजार २८१ कित्ता र १ करोड ६२ लाख ७६ हजार २७६ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

त्यस्तै जानकी फाइनान्सको ८ लाख ८७ हजार ४६६ कित्ता बोनस शेयर, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता बोनस शेयर, वेस्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ दशमलव ६ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ दशमलव शून्य ६ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।

यसैबीच नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई दुई करोड ६९ लाख ६३ हजार रुपियाँबराबरको दुई लाख ६९ हजार ६३० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ। संस्थाको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्