नासाद्वारा मंगल रोवर अपच्र्युनिटी अन्त्य भएको घोषणा



न्युयोर्क, (एजेन्सी)
मंगल ग्रहका विभिन्न रहस्य बुझ्न पठाइएको रोवर अपच्र्युनिटी अभियान बुधबार अन्त्य भएको नासाले घोषणा गरेको छ। सन् २००४ मा मात्र तीन महिनाको अभियानका क्रममा उक्त रोवरलाई रोतो ग्रहको सतहमा १ किलोमिटर यात्रा तय गर्न पठाइएको थियो। तर, यसले यस अभियानका नियन्त्रकहरूलाई आश्चर्यचकित पार्दै चन्द्र सतहमा १५ वर्षसम्म विचरण गर्दै सेवा दिइर≈यो।

मंगल ग्रहमा गत वर्ष जुनमा बालुवायुक्त आँधी आएको थियो। यसले अपच्युनिटीको ट्रान्समिसनमा असर परेको थियो। रोवरसँग सम्पर्क बनाउन ८ सयभन्दा बढी प्रयास गरिएको नासाका प्रशासक जिम ब्रिन्डेस्टाइनले ट्विटमा जानकारी दिएका छन्। अन्ततः सम्पर्क स्थापित हुन नसकेपछि मृत घोषित गरिएको हो। यो विगत ८ महिनादेखि शान्त रहेको थियो। अभियानका परियोजना प्रबन्धक जोन कल्लासले रोवरलाई बिदा भन्नु दुखद भएको तर यो १५ वर्षको अविश्वसनीय एडभेन्चर रहेको तथ्यलाई स्मरण गर्नुपर्ने बताए।

यस रोवरलाई मंगल ग्रहमा १ किलोमिटर दूरी यात्राका लागि तयार गरिएको थियो, यद्यपि यसले कीर्तिमान ४३ किलोमिटर दूरी पूरा ग¥यो। अपच्र्युनिटी र यसको पहिलो जुम्ल्याहा रोवर स्पिरिटले कुनै बेला मंगल सतहमा पानी बग्ने गरेको प्रमाण दिए। यहाँ सूक्ष्म जीव हुन सक्ने सम्भावना रहेको वैज्ञानिकहरूले अनुमान गरेका छन्।

हाल नासाको क्युरियोसिटी रोवरले पनि मंगल ग्रहको वातावरण र सतहको जाँच गरिरहेका छन्। हालै मात्र उक्त रोवरले मंगल ग्रहको चट्टानका केही नमुना संकलन गरेको थियो र त्यसकरीक्षणो प पनि गरेका थिए। उक्त रोवर सन् २०१२ अगस्टमा मंगल ग्रहमा अवतरण गरेको थियो।

मंगलबार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अपच्र्युनिटी रोवरसँग सम्पर्क गर्ने अन्तिम प्रयास गर्ने जनाएको थियो। धूलोका कारण सम्पर्कविहीन बन्न पुगेको उक्त रोवरसँग एजेन्सीले अन्तिम सम्पर्क ८ महिना अगाडि गरेको हो। मंगलबार हुने उक्त प्रयासपछि पनि सम्पर्क हुन नसकेमा उक्त अभियान समापन भएको घोषणा हुने एजेन्सीले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्