पूर्वरानीले जन्मोत्सव नमनाउने



काठमाडौं, (नेस)
पूर्वरानी कोमल शाहले औपचारिकरुपमा यो वर्ष जन्मदिन नमनाउने हुनुभएको छ। तिथिले पूर्वराजा महेन्द्रको श्राद्ध परेकाले कोमलको ७०आंै जन्मदिन नमनाउन लागिएको हो।
गएको माघ १३ गतेदेखि दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी स्टेटमा बस्दै आउनुभएका पूर्वराजा ज्ञाने्रद्र परिवारले जन्मदिन नमाउने भएको हो। स्रोतका अनुसार श्राद्ध परेको कारण जन्मदिन नमनाउने निर्णय गरिएको हो, तर राजावादी पूर्वरानीको जन्मदिन मनाउन भन्दै दमक जान लागेका छन्।
विश्व हिन्दू महासंघका अध्यक्ष राजन महर्जनसहितको टोली ५ गते जन्मदिन मनाउन दमक जान लागेको हो। पूर्वरानीले जन्मदिन नमनाए पनि शुभकामना दिन दमक जान लागेका हौं– महासंघका अध्यक्ष महर्जनले भन्नुभयो। उता भेटघाटको तयारी गरिरहनुभएका ज्ञानेन्द्र निवासमा आफन्तको भीड लाग्न थालेको छ।

बिहीबार बालसखा प्रभु शमसेर र उहाँकी धर्मपत्नी राजी राणा, कोमलका भाइ उदय शमसेर र रश्मी राणा, पूर्व सैनिक सचिव शान्तबहादुर मल्लको परिवार र संवाद सचिव डा। फणिराज पाठकसहितको टोली दमक पुगेको छ।

कोमलको जन्मदिनलगत्तै अर्थात् फागुन दोस्रो सातादेखि ज्ञानेन्द्रले पूर्व राजावादी, राप्रपा नेपालका स्थानीयदेखि केन्द्रीय तहका नेतालगायतसँग भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्