राणालाई संस्कृति दूतको सम्मान



लमजुङ, (नेस)।
नेपाली संस्कृति सुरक्षा परिषद् असम, भारतका महासचिव वीरेन्द्र राणालाई लमजुङमा संस्कृति दूतको उपाधिबाट सम्मान गरिएको छ। ठाडो भाका लोककला प्रतिष्ठान नेपाल लमजुङले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा राणालाई सम्मान गरेको हो।

संविधानसभाका सदस्य जमीन्द्रमान घले, वरिष्ठ समाजसेवी नरेन्द्र ढुंगाना, अर्थली आमाविका प्रिन्सिपल उद्धव घिमिरे र आयोजक संस्थाका अध्यक्ष नवराज पहाडीले संयुक्तरूपमा राणालाई टीका, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्। सम्मानपत्रमा नेपाली लोक संस्कृतिको बृहत्तर भावना, मर्म, महŒव र आवश्यकतालाई आत्मसात गर्नुभई आफ्नो जीवनमा लागू गरी यसको श्रीवृद्धिमा पछिल्ला दुई दशकदेखि अनवरत योगदान गरेबापत संस्कृति दूतको रूपमा सम्मान गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्