महाअभियोगबाट बच्नका लागि अख्तियारका आयुक्त राजनारायणद्वारा राजीनामा



नेपाल समाचारपत्र, काठमाडौं ।

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्नका लागि राजीनामा दिएको बुझिएको छ ।

पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए । शुक्रबार नै महाअभियोग दर्ता गर्ने नेकपाका सांसदहरूको तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्