काश्मिर विस्फोटमा मृत्यु हुने सैनिकको संख्या ४० पुग्यो



नयाँ दिल्ली ।  भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौज सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआपिएफ) लाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । उक्त आक्रमणमा परी अन्य २० घाइते भएको बताइएको छ ।

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ४० सुरक्षाकर्मीको मृत्यु भएको छ, विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले एएफपीलाई बताए । आक्रमणमा परेर घाइते भएका सुरक्षाकर्मीहरुलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

पाकिस्तानमा सक्रिय जैस ए मोहम्मद इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत २ बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब ५ लाख सैनिक कार्यरत रहेको बताइन्छ । सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण घटेको यो पछिल्लो घटना हो । यहाँ प्राय अशान्त वातावरण रहँदै आएको छ ।

यो आत्मघाती हमलासँगै बलिउड कलाकारदेखि लिएर विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, रुस लगायतले पनि यसको घोर निन्दा गरेका छन् ।  (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्