¥याप्पलरका प्रमुख कार्यकारिणी गिरफ्तार



मनिला,(एजेन्सी)
फिलिपिन्सको सरकारको आलोचकको रुपमा चिनिएको न्युजवेव साइट ¥याप्पलरका प्रमुख कार्यकारीणी अधिकारीलाई बुधवार राजधानी मनिला स्थित यसको प्रधान कार्यालयबाट प्रहरीले गिरफतार गरेको छ ।

मारिया रेस्साले रोड्रिगो डटेर्टोको सरकारले आफ्नो संस्थाको मुख थुन्ने उद्देश्यले आफु विरुद्ध साइवर अपराधको अभियोग लगाएको आरोप लगाएकी छिन् । विगतमा पनि थुप्रै अभियोग सामना गरिसकेकी रेस्सा विरुद्धको सरकारको यो पछल्लो कारवाही हो ।

सो न्युज साइटलाई ‘ झुठा समाचार ’ का ेआरोप लगाउँदै आएका राष्ट्रपति डुटेर्टोले विगतमा उनी विरुद्धको अभियोगहरु राजनीतिक पुर्वाग्रह रहित रहेको दावी गदै आएका थिए । ¥याप्पलरका पत्रकारहरुले उनको गिरफतारीको भिडियोलाई फेसबुक र टिवटरमा अपलोड गरेका छन् ।

सो भिडियोको फुटेजमा सादा पोशाकमा रहेका पार्टीका अधिकारीहरुले मारिया रेस्सासंग कुरा गरिरहेको र सो साइटका थुप्रै पत्रकारहरुले त्यहाँको प्रत्यष घटना टिवट गरिरहेको देखिन्छ । त्यसपछि राष्ट्रिय अनुसनधान ब्युरो – एनबिआइ ) का अधिकारीहरुले तिनीहरुलाई निरन्तर तस्वीर र भिडियो नखिच्न आदेश दिइरहेको पनि देखिन्छ ।

¥यनप्पलरका समाचार सम्पादक मिरियाम ग्रेस गोले टिवटर मार्फत एनबिआइका एजेन्टहरुले रेस्सालाई ¥याप्पलरको कार्यालयबाट लगेको जानकारी दिएका छन् । एकजना व्यापारीको फिलिपिन्सको एउटा उच्च अदालतका पुर्व न्यायधिशसंगको अवैध सम्वन्ध माथि सात वर्ष लगाएर तयार पारिएको प्रतिवेदनलाई लिएर रेस्सालाई गिरफतार गरिएको हो ।

सन् २०१२ को सेप्टेम्वरमा लागु भएको विादास्पद ‘ साइवर अपराध ’ कानुन अन्तर्गत चार महिना अघि प्रकासित लेखलाई लिएर रेस्सालाई मुद्धा चलाइन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्