चीनबाट स्विडेनी राजदुत फिर्ता



स्टकहोम,(एजेन्सी)
स्विडेनले विहिवार चीनका लागि आफ्नो राजदुतलाई स्वदेश फिर्ता बोलाएको छ । राजदुत अन्ना लिन्डस्टेटलाई हिरासतमा राखिएका स्विडेनी –चिनिया पुस्तक बिक्रेताकी छोरीसंगको अस्वाभाविक भेटवार्तामा सरिक भएको कारण यो कारवाही गरिएको स्विडेनी कुटनीतिक सुत्रले जनाएका ेछ ।

स्विडेनी विदेश मन्त्रालयका प्रवत्ताले अन्नाले बुधवार चीनको राजधानी बेइजिंग छोडेको जानकारी दिएका छन् । सन् २०१५ मा चिनिया गुप्तचरहरुको अपरहणमा परेका ५४ वर्षिय गुइ मिन्हाइकी पुत्री एन्जेला गुइसंग अन्नाले भेटघाट गरेको सार्वजनिक हुनासाथ उनी विरुद्धको कारवाही शुरु भएको हो ।

चीन सरकारले हिरासतमा लिएका हंगकंग स्थित पाँच जना पुस्तक बिक्रेता मध्ये गुइ पनि एक हुन् । लन्डनको क्याम्व्रिज विश्वविद्यालयमा पिएचडि गरिरहेकी उनकी पुत्रीले उनको रिहाइका लागि अभियान थालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्