प्रधानमन्त्री हसिनामाथि एक दलिय शासन लाद्ने प्रयास गरिरहेको आरोप



वासिंगटन (एजेन्सी)
अमेरिकाका एक वरिष्ठ कमान्डर तथा दुबै दलका प्रभावशाली सांसदहरुको टोलीले बंगलादेशमा लोकतन्त्रको स्थितिमा चिन्ता ब्यक्त गर्दै प्रधानमन्त्री शेख हसिना एक पार्टी शासन लागु गर्ने प्रयासमा रहेको बताएका छन् ।

अमेरिकी हिन्द प्रशान्त क्षेत्रका लागि अमेरिकी सैन्य प्रमुख एडमिरल फिलिप्स डेविडसनले कांग्रेसको सुनुवाइका क्रममा सिनेटको सशस्त्र सेवा समित समक्ष पेश गरेको आफनो बयानमा उक्त चिन्ता ब्यक्त गरिएको हो ।

डेविडसनको उक्त बयान आउनु केही घण्टा पहिला सांसद इलियट एन्जेलको नेतृत्वमा रहेको प्रभावशाली सांसदहरुको दुईदलिय टोलीले विदेशमन्त्री माइक पोम्पियोलाई पत्र लेखि बंगलादेशमा लोकतन्त्रको रक्षाका लागि समय रहँदै केही गर्न माग गरेका थिए । डेविडसनले भने ( बंगलादेशमा डिसेम्बर ३० मा सम्पन्न चुनाव सत्तारुढ अवामी लगिद्वारा सत्ता केन्द्रिकरणको चिन्ताजनक प्रबृत्तितर्फ संकेट गरेको र यसले प्रधानमन्त्री हसिना एक दलिय शासन लागु गर्ने प्रयासमा रहेको त्रास उत्पन्न गराएको छ ।

बंगलादेश अमेरिकाका लागि महत्वपुर्ण देश भएको बताउँदै त्यहाँको स्थितिप्रति उनले चिन्ता ब्यक्त गरे । बंगलादेश महत्वपुर्ण सुरक्षा साझेदार हो । क्षेत्रीय स्थिरता बढाउन र आतंकवादको सामना गर्न दक्षिण एसियामा अमेरिकी हितलाई पोषित गर्न, मुस्लिमहरुसम्म पहँुच बढाउन, हिँस्रक उग्रवादको सामना गर्न, मानविय सहायता र संकटकालिन राहत तथा संयुक्त राष्ट शान्ति सुरक्षा अभियानमा मद्दत गर्न बंगलादेश सक्षम रहेको उनले बताए ।

बंगलादेशमा म्यान्मारका ७ लाख रोहिँग्या शरणार्थी आउनुले उत्पन्न मानविय संकटका कारण त्यहाँको सरकार तनावमा रहेको पेन्टागनका कमान्डरले बताए । हालै सम्पन्न चुनावमा ब्यापक स्तरमा धाँधली भएको आरोपलाई पनि गम्भिरता पुर्वक लिनु पर्ने सांसदहरुको टोलीले पोम्पियोलाई सुझाव दिएका छन् । हिन्द प्रशान्त क्षेत्रमा काुनन र मानवअधिकारको समर्थन गर्नु अमेरिकी हित पुरा गर्न महत्वपुर्ण भएको उनीहरुले बताए । बंगलादेशमा हालै भएको चुनावमा ब्यापक अनियमितताको समाचाहरु ती महत्वपुर्ण पक्षका लागि खतरा रहेको सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्