मोदी भ्रमणमा



नयाँ दिल्ली,(एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २१ फेब्रुअरी देखि दक्षिण कोरियाको भ्रमणमा जान लागेको भारतिय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लागेको बताइएको छ । दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदीले सो भ्रमण गर्न लागेको बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन यसअघि सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आएका थिए । तिनीहरु दुई पक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यबारे छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्