अत्तरियासँग रुपन्देही सहजै पराजित



धनगढी, (नेस)
धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा रुपन्देही च्यालेन्जर्सलाई पहिलो हार आत्मसात गर्दै सीवाईसी अत्तरीयाले लगातार दोस्रो जित दर्ता गरेको छ ।

बिहीबारको खेलमा अत्तरियाले रुपन्देहीलाई ३९ रनले पराजित गरेको हो । योसँगै रुपन्देहीको लगातार जितको क्रम पनि भंग भयो । यसअघि रुपन्देहीले लगातार दुई खेलमै जित हात पारेको थियो ।

टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थिये । टोली कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार ६७ रनको अर्धसतकीय इनिङ खेले । प्लेयर अफ द म्याच दीपेन्द्रले ५० बलमा १० चौका र १ छक्का प्रहार गरेका थिए । उनले रित गौतम (१२ रन) साग तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै विक्रम सोवले २ तथा कप्तान बसन्त रेग्मी र पुनित मेहराले १÷१ विकेट लिए ।

जवाफमा रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । प्रदीप ऐरी १४, सन्दीप सुनार १५, विनोद भण्डारी १०, विक्रम सोव १४ रन बनाउँदै आउट भए । रुपन्देहीका विदेशी खेलाडीद्वय बाबर हायात र पुनित मेहरा शुन्यमा आउट हुनु नै अत्तरियाको जित पक्का भएको थियो । भीम सार्की, बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान १ रनमा आउट भए । बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपन्द्रसिंह ऐरी र देवेन्द्र रावतले २÷२ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट लिए ।

यस्तै बिहीबार नै भएको विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच भएको दोस्रो खेल वर्षाले रद्द भएकोे छ । टस जितेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको समयमा खेल वर्षाले रोकिएको थियो । त्यसपछि पनि निरन्तर पानी परिरहेपछि खेल रद्द रिएको थियो । दुवै टोलीले १÷१ अंक बाँडेका छन् । विराटनगरले ३ खेलमा ३ अंक जोडेको छ । पहिलो २ खेल हारेको महेन्द्रनगरको यो पहिलो अंक हो ।

विराटनगरबाट ओपनर असादउल्ला खानले १९ रन बनाए । २३ बल खेलेका उनले ३ चौका र पहिलो ओभरमा मोहम्मद नाविदलाई १ छक्का प्रहार गरे । पृथु बाँस्कोटा १४, अविनाश यादव १३ र तृतराज दास १२ रनमा आउट भए ।
माथिल्लो क्रममा ओपनर आसिफ शेख शुन्य, हरिशंकर साह ५ र कुशल भूर्तेल ३ रन बनाएर आउट भए । कप्तान करण केसी ६ बलमा १ छक्का प्रहार गरी ९ रनमा अविजित रहे । महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाविदले १ विकेट लिए । शुक्रबार विश्रामको दिन रहेको छ ।

यस्तो छ अंक तालिका
रुस्लान धनगढी प्रिमियर लिगको चार दिनसम्म सकिएका खेलहरुको आधारमा सिवाईसी अत्तरीया शिर्ष स्थानमा रहेको छ । खेलका दुवै खेलमा जित निकालेको अत्तरीया चार अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको हो । अत्तरियासँगै अपराजित रहेको काठमाण्डौं गोल्डेन्स अंक तालिकाको दोस्रो स्थानमा रहेको । समान चार अंक रहेपनि रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रुपन्देही च्यालेन्र्स रहेको छ । तीन खेलमा दुई खेलमा जित निकालेको र एक खेलमा हार व्यहोरेको रुपन्देहीको पनि चार अंक रहेको छ । चौथो स्थानमा रहेको विराटनगर किंग्सको तीन अंक रहेको छ । तीन खेलमा एकमा जित एकमा हार र एमा अंक बाडेको विराटनगरपछि पाँचौ स्थानमा महेन्द्रनगर युनाईटेड रहेको छ । दुई खेलमा जित विहीन रहेको महेन्द्रनगरको एक अंक रहेको छ । पहिलो खेलमा हार व्यहोरेको महेन्द्रनगरले दोस्रो खेलमा अंक बाँडेको हो । अंक तालिकाको पुछारमा रहेको धनगढी स्टार्स भने जित विहीन रहेको छ । खेलका तीनवटै खेलमा हार व्यहोरेका धनगढीले कुनै अंक जोड्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्