मल्पी पाँचौं पटक च्याम्पियन



काठमाडौं, (नेस)
डिफेन्डिङ च्याम्पियन मल्पी आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।

मल्पी लगातार पाँचौपटक च्याम्पियन बनेको हो । चौथो संस्करणदेखि च्याम्पियन बन्दै आएको मल्पी बाँकीका तीन संस्करणमा भने सेमिफाइनलसम्म पुगेको राष्ट्रिय बास्केटबल खेलाडी एवं मल्पीका प्रशिक्षक रोविन खत्रीले जानकारी गराए । फाइनलमा मल्पीले आयोजक एसलाई ७५–२६ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो ।

मल्पीका आयुश लामाले १४ अंक जोडे । चारै क्वाटरमा अग्रता लिएको मल्पीले पहिलोमा २५–८, दोश्रोमा ११–७, तेश्रोमा १६–५ र चौथोमा २३–६ स्कोर ग¥यो । मल्पीका आयुश लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ९७ स्कोर गरेका एसका तेन्जिङ जिग्मे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्