एनआईसी एसियाको आन्तरिक विप्रेषण कारोबारमा अफर



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले एनआईसी एसिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबारमा एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले यो योजना फागुन र चैत दुई महिनाका लागि ल्याएको हो ।

यस अवधिमा बैंकका ग्राहक वा कुनै पनि व्यक्तिले एनआईसी एसिया रेमिटमार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त सक्नेछन् । एनआईसी एसिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यँन शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक अझ बढी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एनआईसी एसिया रेमिटमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २७६ शाखा कार्यालय, ३९ वटा एक्सटेन्सन काउन्टर, २३ वटा शाखा रहित बैंकिङ इकाई एवम् ६,७०० भन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यो सुविधाबाट ग्राहक महानुभावहरुले पैसा पठाउँदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ ।

बैंकको वासलातको आकार २१९ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७६ अर्ब तथा कुल कर्जा करिब १४९ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्