मेगा बैंकका ग्राहकलाई छुट



काठमाडौं, (नेस) मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले काठमाडौंको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकका ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता अनुसार मेगा बैंकका ग्राहकले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, आइसीयँ, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसैगरी मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई मध्यनगर राख्दै मेगा बैंकले यसअघि मेगा बैंकले काठमाडौंको नर्भिक, ग्रान्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालसँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्