सिटिजन्स बैंकद्वारा तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।

बैंकको घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको श्री जनकल्याण प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको श्री माध्यमिक विद्यालयभेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सँचना प्रविधिमा आएको आमँल परिवर्तनसँंग परिचित बनाउनका निम्ति बैंकले यो कार्यक्रम सञ्चालन गरेको हो । यस बाट उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढ्न सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्