छोरी जन्मिए बचत खाता



सलिम अन्सारी, प्युठान ।

स्थानीय सरकार गठन भएको साढे एक वर्ष वितेको छ । यो अवधीमा स्थानीय सरकारले धेरै लोकप्रिय नीति तथा कार्यक्रम पनि ल्याएका छन् ।

त्यसमा पनि प्युठानको सरुमारानी गाउँपालिकाले बालिका मैत्री नीति तथा कार्यक्रम संचालनमा ल्याएको छ । छोरीहरुको प्रोत्साहनका लागि गाउँपालिकाले ६ वटा वडा भित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने गरेको छ ।

आर्थिक वर्ष ०७५÷०७६ को साउनदेखि जन्मने छोरीहरुको लागि छोरी पेवा बचत कार्यक्रम लागु गरिएको हो। अहिले पनि समाजमा छोरी जन्मदा नाक खुम्चाउने र छोरा जन्मदा भोज खुवाउने प्रचलन कायमै छ । यही मान्यतालाई चिर्न र छोरीप्रति सम्मान बढाउनका लागि गाउँपालिकाले यो योजना अगाडी सारेको हो ।

छोरीमैत्री पालिका बनाउने योजनाका साथ अघि बढेको पालिकाले छोरीमाथि हुने विभेदलाई अन्त्य गरी उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउने लक्ष्य लिएको छ ।

‘समाजमा छोरीप्रतिको दृष्टिकोण त्यति राम्रो छैन’– गाउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भने– ‘छोरीको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा टेवा पु¥याउन यो कार्यक्रम ल्याएका हौं।’ यस कार्यक्रमले छोरीमाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन, समाजमा छोरीलाई सकारात्मकरुपमा हेर्ने वातावरण सिर्जना गर्न यो कार्यक्रम सुरु गरेको उनले सुनाए।

गाउपालिकाले चालू आर्थिक बर्षमा यो कार्यक्रमका लागि दुई लाख ५० हजार रुपैया समेत विनियोजन गरेको छ। यस आर्थिक वर्षदेखि जन्मिने छोरीहरुका लागि मासिक एक सय रुपैयाँ जम्मा गरिदिने उद्देश्यले रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विश्वकर्माले जनाए। ‘गाउँपालिकामा यो कार्यक्रम नया सोचका साथ सुरु गरेको हो।

उनले भने– ‘आगामी वर्षमा यस कार्यक्रमका लागि रकम बढाईने छ ।’ गाउँपालिकाले पालिकाभित्र रहेका दुईवटा सहकारीबाट छोरीको नाममा रकम बचत गरिदिन सुरु गरेको छ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी सस्था बांगेसाल गरी दुईवटा सहकारीमा बचत गर्ने ब्याब्स्था मिलाईएको छ ।

‘यो कार्यक्रमले सहकारीलाई प्रोत्साहन, प्रवद्र्धन गर्न मद्दत मिल्ने समेत अध्यक्ष बिश्वकर्माको बिश्वास छ। छोरी पेवा बचत कार्यक्रम संचालनका लागि तयार कार्य्बिधीले बीस बर्षे अबधारणा अघि सारेको कानुनी सल्लाहकार यादव खनालले बताए। दस बर्ष सम्म गाउपालिकाले नै बचत खातामा रकम जम्मा गर्दिन्छ खनालले भने बाँकी दस बर्ष सम्म अभिभावक स्वंमले रकम जम्मा गर्नेछन। बिचमा केही समस्या या अप्ठ्याराहरु आईपरे बचत खाताबाट रकम निकाल्न सकिने ब्याबस्था रहेको कानुनी सल्लाहकार खनालले नेपाल समाचारपत्रलाई बताए ।

‘छोरी जन्मिएपछि जन्मदर्ता र वडाको सिफारिसमा सहकारीमा जम्मा गर्न सकिने छ।’ यही कार्यक्रमलाई लक्षित गरी गाउपालिकाले सहकारी शिक्षासमेत सञ्चालन गरेको छ। हालसम्म गाउँपालिकाभित्र जन्मिएका मध्ये २८ जना छोरीहरुको नाममा पालिकाले सहकारीमा खाता खोलिदिएको छ ।

छोरीहरुको सम्मान, संरक्षण, सम्पति माथिको अधिकारका लागि छोरी जन्मिने वित्तिकै खाता खोलिदिने गरेको गाउँपालिकाले जनाएको हो ।गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा छोरी भन्नेबित्तिकै गर्भदेखि नै विभेद गरिने भएकाले नै यो विभेद तोड्नका लागि सहकारीमा खाता खोलिदिने गरेको बताउछन ।

अहिले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरुमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । आर्थिक रुपमा सवल भए छोरीहरुको शिक्षामा सहयोग पुग्ने र उनीहरुमाथिको हिंसामा कमि आउने अपेक्षा गरिएको छ । अहिले शिक्षित भनिएका अभिभावकमा पनि छोरा र छोरी बराबर हुन् भन्ने भावना व्यवहारमा पाउन मुस्किल छ ।

यस्तो अवस्थामा सरुमारानी गाउँपालिकाले थालेको यो अभियानलाई थप प्रभावकारी बनाउन सकेमा सरुमारानी साँच्चिकै छोरीमैत्री गाउपालिका बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्