विमानबाहक युद्धपोत बेच्ने समाचारको चीनद्वारा खन्डन



बेइजिङ (एजेन्सी)
बेइजिङले पाकिस्तानलाई आफनो पहिलो विमानबाहक युद्धपोत ‘लियोनिंग‘ बेच्ने योजना बनाइरहेको विषयमा सन्चार माध्मममा आएको समाचारको चीनले खन्डन गरेको छ ।

अर्को देशलाई आफनो नौसैनिक जहाज निर्यात गर्नू अगाडी कडा निश्चित सिद्धान्तको पालना गर्नु पर्र्ने चीनले जनाएको छ । गत फेब्रअरी १० मा पाकिस्तानको एक अखबारले चिनिया तथा रुसी सन्चार माध्यमलाई उदृत गर्दै चीन सरकारले आफनो पहिलो र एक मात्र रहेको विमानबाहक पाकिसनलाई बेच्ने निर्णय गरेको जनाएको थियो । पाकिस्तानको नौसैनिक क्षमता बढाउनका लागि अनपेक्षित मुल्यमा उक्त युद्धपोत दिन लागेको समाचारमा उल्लेख गरिएको थियो ।

चीनको यस कदमले पाकिस्तानको नौसेना भारतको तुलनामा धेरै प्रभावशाली बन्ने अनुमान गरिएकोछ । भारतिय नौसेनासँग अपरेसन एयरक्र्याफ्ट क्यारियर मात्र छ । समाचारमा लियोनिंगलाई ब्यापक स्तरमा आधुनिक बनाएपछि त्यो पाकिस्तानलाई रिसेल गरिने समाचारमा उल्लेख गरिएको थियो ।

उक्त समाचारलाई लिएर चीनको विदेश मन्त्रालयकी प्रवाक्ता हुवा चुनाइंगले भनिन्– मैले अहिलेसम्म समाचार हरेको छुइन् , जसको विषयमा तपाई कुरा गरिरहनु भएको छ । तर अर्को देशलाई आफनो नौसैनिक जहाज बेच्न चीन सधैँ आफनो नियम र सिद्धान्तको पालना गर्छ ।

उक्त समाचारमा पाकिस्तानी सेनाको चीनसँग नजिकको सम्बन्ध रहेको र अहिले चीन पाकिस्तानका लागि ४ आधुनिक नौसैनिक जहाज बनाइरहेको जनाइएको छ । यद्यपी चिनियाँ सैन्यविदले पाकिस्तानलाई लियोनिंग बेच्ने समाचारलाई खारेज गरेका छन् । चीन सरकारले यस प्रकारको कुनै सम्झौता नगरेको चीनको ग्लोबल टाइम्सले समाचारमा जनाएको छ । पाकिस्तान अखबारमा चिनिया सन्चार माध्यमको उदृत खबर ग्लोबल टाइम्सका संवाददाताले फेला पार्न नसकेको बताइएको छ ।

चिनियाँ विज्ञ सोग जांगपिंगले चीनसँग पाकिस्तानलाई बेच्ने अतिरिक्त युद्धपोत नभएको बताए । लियोनिंग चीनको एकमात्र त्यसतो विमानबाहक क्यारियर हो जसले अहिलेसम्म काम गरिरहेको छ । लियोनिंग चीनको एक मात्र टाइप–००१ ए नामले चिनिएका क्यारियर जुन पुरै देशमा विकसित गरिएको हो र यो अहिले पनि समुन्द्रमा परीक्षणमै छ ।

चीन अहिले तेस्रो विमानबाहक क्यारियरमा काम गरिरहेको समाचारमा आएको छ । सन् २०३० देखि २०३५ सम्ममा चीनसँग कम्तिमा पाँच विमानबाहक युद्धपोत हुनेछ जसमा दुई परमाणु शक्ति सम्पन्न हुनेछ । चीनको रक्षा मन्त्रालय र सन्चार माध्यमले अहिलेसम्म भविष्यमा हुने यसता युद्धपोतसँग सम्बन्धित योजनाको खुलासा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्