सीमा सुरक्षा सम्झौताबाट म खुसी छैन: ट्र्म्प



वासिंगटन (एजेन्सी)
राष्टपति ट्र्म्पले दुई दलका सांसदहरु बीच भएको सीमा सुरक्षा सम्झौताबाट आफु उत्साहित नभएको बताएका छन् । प्रशासनिक काम बन्द हुनबाट रोक्नका लागि भएको उक्त सम्झौतालाई लिएर आफनो प्रष्ट धारणा राख्ने क्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

आफनो विवादास्पद प्रस्तावका लागि धन जुटाउन कांग्रेस बाहेक पनि अन्य स्रोत खोज्नु पर्ने उनले सुझाव दिए । प्रशासनिक काम ठप्प हुनबाट रोक्ने र अमेरिका मेक्सिको सीमामा पर्खाल बनाउने लगायत अन्य सीमा सुरक्षा उपायलाई लिएर कांग्रेसमा डेमोक्र्याट र रिपब्लिकन सांसदबीच सम्झौता भएको हो । ट्र्म्पको माग पुरा नहुँदा सांसदहरुको विरोधका कारण अमेरिकामा सरकारी काम किर्तिमान ३५ दिनसम्म बन्द भएको थियो ।

उक्त सम्झौता अन्तर्गत राष्ट्रपति डोनाल्ड ट्रम्पले ८९ किलोमिटरको पर्खाल निर्माणका लागि मात्र १ अर्ब ४० करोड डलर पाउने छ । ट्रम्पको रिपब्लिकन पार्टी कुनै पनि हालतमा पुन सरकारी काम ठप्प हुन दिन चाहेका छैनन् । ट्रम्पले पर्खाल निर्माणका लागि ५ अर्ब ७० करोड डलर माग गरेका थिए तर यो उनले नपाउने भएको छ । प्राप्त धन रासीले ५५ माइल लामो बार लगाउन सक्छ । यो स्टिलको बार हुनेछ जबकी ट्रम्पले चुनावमा कन्क्रिट पर्खाल निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सीमा सुरक्षाका लागि २३ अर्ब डलर जटाउन आफुले विभिन्न स्रोत खोजिरहेको ट्र्म्पले बताए । आफनो ट्विटमा उनले भनेका छन्, सीमा सुरक्षाका लागि २३ अर्ब डलर जम्मा हुनेछ । जसतो हामीले भनेका थियौं, त्यसतै बन्नेछ ।

अत्यन्त मेहनती सिनेटर रिचर्ड सेल्बीले सीमा सुरक्षा सम्झौताको अवधारणा र मापदण्ड प्रस्तु गरेको र उनलाई यसमा धेरै धन लाग्छ भन्ने पनि थाहा भएको ट्र्म्पले बताए । आफु सीमा सुरक्षालाई लिएर सांसदहरुले गरेको सम्झौतामा खुसी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्