तनाव भड्काउने प्रयास



बेइजिङ (एजेन्सी)
चीनले विवादित दक्षिण चीन सागर स्थित द्विप समुह नजिक क्षेप्यास्त्र विध्वंशक पठाएर तनाव भड्काउने प्रयास गरिरहेको अमेरिकामाथि आरोप लगाएको छ ।

बेइजिङको दावी रहेको स्पार्टली द्विप नजिकै सोमबार दुई अमेरिकी युद्धपोत पुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । अमेरिकाले यसलाई नौसैनिक वाहनको स्वतन्त्र आवागमन बताएको छ ।

अमेरिकाको उद्देस्य दक्षिण चीन सागरमा तनाव भड्काउने र शान्ति कम गर्ने रहेको उनले बताए । यो हप्ता अमेरिका र चीन महत्वपुर्ण ब्यापार वार्ता हुन गइरहेको बेला अमेरिका दुई युद्धपोत आउनु उत्तेजना फैलाउने कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्