सम्झने होइन त नेपालको ताजमहललाई ?



कविराज नेपाल, पाल्पा ।
प्रेममा ज्यान समेत दिन तत्परहुनेहरुका कथा एकातिर छाडेर सस्तो प्रेममा निलिप्तहुनेहरुको जमात यहा कमी छैन । फेसबुकका वालहरुमा प्रेममय शव्द र उपमाहरुले एकहप्ता अघि देखि नै नेपाली संस्कृतिमा पनि प्रवेस पाएको नयाँ पर्व प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे ।

सधैको वर्ष झै यस वर्ष पनि घुमिफिरी अग्रेजी महिनाको फेबुअरी १४ तारिख अर्थात भ्यालेन्टाइन डे अथवा प्रेम दिवस आइपु्गेको छ । सत्यतालाई हेर्ने हो भने प्रेमीका रुपमा भ्यालेण्टाइनको हत्या गरिएको दिन ।

त्यसैले होला आज वेगम– मुमताज, हीर –राँझा, रोमियो – जुलियट, मुना – मदनको प्रसंग मानसपटलमा आउछ । तर विदेशी प्रेमीलाइ सभ्झने मनहरु आज फेरी सम्झने छन खडग शमसेर र तेजकुमारीलाइ । संगसंगै उनीहरुको प्रेम निशानी पाल्पाको रानी महललाइ । यस्तै प्रेमका् निशानी भारतमा रहेको ताजमहललाइ सम्झनेहरुले नेपालको ताज महललाई पनि सम्झने दिन । त्यसैले त प्रेमका पूजारी र जोडीहरु यस दिन त्यहा पुग्न आलायित र आतुर छन ।

पछिल्लो समय पाल्पा जिल्लामा रहेको नेपालको ताजमहल भनेर चिनिने रानीमहल प्रेमी प्रेमिकाका लागि अरु वेला पनि गन्तव्य वनेकै छ अझ यो दिवसमा त नहुने कुरै भएन ।
अनुपम काष्ठकला र प्राकृतिक सौन्दर्यको रसास्वादन गर्नैका लागी अनौठों लाग्ने नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल विगतमा सरकारले मनाएको पर्यटन बर्षमा पनि विरानो र बेवारिसे वनेकोमा पछिल्लो समय सरकारले घोषणा गरेका देशका उत्कृष्ठ सय गन्तव्यमा त परेकै छ । विभिन्न सेवा सुविधाले गर्दा पनि आन्तरिक र वाह्य पर्यटकको गन्तव्यस्थल वन्न थालेको छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनवाट करिव १० किलोमीटर उत्तरमा पर्नै यो महलमा पर्यटकको आवागमन वढाउने प्रयास स्वरुप त्यहासम्म पुग्ने वाटो सहज वनाइको छ । कालीगण्डकी करिडोर र राम्दी देखि अर्गली सम्मको सडक सञ्जालसँग केही समय अघि यो जोडिएको छ सँगसँगेै तानसेन नगरपालिकाको मातहतमा यही वर्ष नै पारिएको छ । जसले पाल्पा जिल्लाको चिनारीमा थप आयाम पुगेको अवस्था छ । त्यस्तेै केन्द सरकारको सँस्कृति तथा पर्यटन मन्त्रालयबाट यसको जिर्णोद्धार र हुलाक टिकटमा समेत रानीमहल परिसकेको अवस्था छ । आम्दानीको पाटोलाई व्यवस्थित गर्न नसके पनि र पछिल्ला दिनमा केही होटल, वसोवास र अन्य सुविधाको धेरथोर यवस्था चाही हुन थालेको देखिन्छ ।

सन्दर्भ प्रेम दिवस

आज भन्दा १ सय २५ वर्ष पहिले अर्थात विसं १९५०मा निर्माण थालनी भइ १९५४ मा यो महल वनेको हो । यो अदभुत महलको निर्माण काठमाण्डौं वाट पाल्पा निर्वासित प्रधानमन्त्रीको रोलक्रममा परेका तर हुन नपाएका श्री ३ खडग शमसेरले गरेका हुन । आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको हुनाले यसलाइ रानी महल भनिएको हो । प्रेम प्रतिकको वेजोड नमुना यो महल वनाउन तत्कालिन अवस्थामा पनि भारतको कलकत्ता र वेलायतवाट कालीगढ र ईन्जीनियरहरु ल्याइएको इतिहासविदहरु वताउछन ।

प्रसिद्ध नदी काली गण्डकीको तीरमा वनेको यो महल हेर्नमा जति आर्कषक छ , यसको पुरातात्विक महत्व पनि त्यत्तिकै छ । त्यस्तेै यो महल वेजोड काष्ठकलाको नमुना हो । पाल्पातिरबाट वग्दै आएको बराङदी नदी र कालीगण्डकीको संगमस्थलमा चट्टानको ठिक माथि तहतह पारेर महल निर्माण भएको देखिन्छ जहाँ दुइ तले भवनमा सानाठुला गरि २५वटा कोठा छन । काली गण्डकी नदिको तीरमा रहेको भवनको जग नदिको धार माथि छ ।

१ सय १२ फुट भुभाग ओगटेको भवनको निर्माण पक्ष हेर्दां निकै आश्चर्य लाग्छ किनकी महल परिसरमा पानीपोखरी, मनमोहक बगैंचा,आधुनिक छन्द्यको पार्क, शिवालय, फलामका खम्बाहरु, झुलेका फलफुलका वगैचा आदीले जोकसैको मन पनि पुलकित वनाउछ । सुविधा सम्पन अहिलेको अवस्थामा अनकण्टार जस्तो लाग्ने विकट स्थानमा यस्तो भव्य महलको निर्माण कसरी भयो होला भनि आश्चर्य मान्नु स्वभाविक पनि हो ।

‘पाल्पाको ऐतिहासिक महत्वको यो सम्पदाको विगतमा धेरै व्यापार गरियो , पोष्टर व्यानर र फोटोमा यसको व्यापार भयो तर यहा भनेजस्तो सुविधा पु¥याउन अझै सकिएको छैन ।’स्थानीय वासिन्दा एवं त्यहा रहेको शारदा मा.वि.का प्रधानाध्यापक देवीप्रसाद भट्राइले वताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीका अनुसार यसको संरक्षणका साथै आम्दानीको रुपमा पनि लैजाने गरी नगरपालिकाले रानीमहल नगरपालिका मातहतमा आएसँगै केही काम अघि वढाइसकेको र अवका दिनमा गुरुयोजना वनाएर अघि वढने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्