धनयुद्ध दिवस



जनयुद्धले धेरैलाई जिरोबाट हिरो बनाएको छ । हातमुख जोड्न धौ–धौ पर्नेहरुलाई अर्बपति बन्या छन्, जनयुद्धले फलिफाप हुनेहरु उता गाउँघरमा हैन, यतै शहर बजार पस्या छन् । सामान्य साक्षार अहिले निकै कहलिएका बुद्धिजिवी भइसके । चप्पल पट्काउँदै बन्दुक पड्काउन जंगल छि¥याहरुले ऊ बेलाको कुरो विर्सिसके ।

झुपडी होइन, महल मोह ह्वात्तै बढ्या छ । सायद जनयुद्ध यस्तै परिवर्तनको परिकल्पना गर्दै बुनिएको थियो । जंगलबाट शुरु भएको जनयुद्धको स्मरण जंगलमा हैन, शहरमै हुन्छ, त्यसैले जंगल त अब एकादेशको कथा भइसक्यो । तर जनयुद्धले धेरैलाई घरबार विहिन बनाएको, सिउँदो पुछिएको, आमा र बाबाको काख खोसियो, कयौको कोख रित्तिएका यथार्थ कति छन् कति । धेरैलाई हिजो अस्तीको घटनाझैं लाग्छ, सपनी मात्रै त के विपनीमा पनि बर्बराउने बनाएको छ ।

त्यसैले यस्ता प्रसङ एकादेशका कथा बन्या सक्या छैनन् । ऊ बेला जनयुद्धको वकालत गर्ने पार्टी सहरी हावापानीको प्रभावले हो क्यार धनयुद्धतर्फ मोडिएका छन् । जो धनयुद्धप्रति समर्पित छन् तीनले विगत सम्झने कुरै भएन । त्यसैले जनयुद्ध होइन, त्यसको बदलामा धनयुद्ध दिवस मनाए भै गो नि !

प्रतिक्रिया दिनुहोस्