लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई आर्थिक सहयोग



 

काठमाडौं, (नेस)
लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको दोभिल्लामा रहेको सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टुहुरा तथा असहाय विद्यार्थीको लागि एकवर्षसम्मको दैनिक खाजा व्यवस्थाको लागि सहयोग पु¥याउन बैंकका सञ्चालक सुशीलराज पराजँलीले एकेडेमीका अध्यक्ष केशव बहादुर थापालाई दँई लाख ९४ हजारको चेक हस्तान्तरण गर्नँभयो ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य व्यवस्थापक तथा कम्पनी सचिव हरिकृष्ण सुवेदी, पोखरा शाखाका प्रबन्धकहरु प्रकाशचन्द्र पहारी, बल बहादँर थापा साथै सहारा क्लवका पँर्वअध्यक्ष श्री विक्रम थकालीलगायतको उपस्थिति थियो ।

रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक पराजुलीले लँम्बिनी विकास बैंकले सहारा क्लवलाई विगतदेखि विभिन्न किसिमले सहयोग गर्दै आईरहेको र यस किसिममा विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्ने एवं बैंक आफै प्रत्यक्ष सहभागी भई सेवा पु¥याउने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्