नेपाल इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्षद्वारा सपथ ग्रहण



काठमाडौं, (नेस)
नेपाल इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठसहित इन्फ्रास्ट्रक्चर बैंकका सञ्चालक चन्द्रप्रसाद ढकाल र नुमनाथ पौडेल एवम् प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे उपस्थित रहनुभएको थियो ।

बैंकले आफ्नो वित्तीय कारोबार सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा बैंक केही दिनमै सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्