एनएमबि बैंकले सीडीसी ग्रुप बेलायतबाट ऋण ल्यायो



 

काठमाडौं, (नेस)
एनएमबि बैंकले विदेशी संस्था सीडीसी ग्रुपबाट अमेरिकी डलर १ करोड ५० लाखको कर्जा लिने नेपालको पहिलो बैंक भएको छ । सीडीसी ग्रुप बेलायत सरकारको पँर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो ।

यो संस्थाले सब– साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । सीडीसीले यस बैंकको स्थलगत भ्रमणमार्फत बैंककोे योजना, क्षमताको समीक्षालगायतका क्षेत्रमा विस्तृत अध्ययन गरी लगानीका लागि प्रतिबद्धता जनाएको हो ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानीसम्बन्धी नीतिगत व्यवस्थालाई पँर्ण रुपमा उपयोग गरी देशमा फेरि पनि विदेशी लगानी भित्र्याउन सफल भएको छ । यस लगानीले विगत लामो समयदेखि देखिँदै आएको तरलता समस्या समाधानका लागि सहयोग पुग्नुका साथै पँर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा हाइड्रोपावर क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

एनएमबि बैंकले सीडीसी ग्रुपसहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ र यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो । साथै एनएमबि बैंकले बेलायतस्थित फाइनान्सियल टाइम्सबाट लगातार यस वर्ष पनि ‘बैंक अफ दि ईयर २०१८’ को सम्मान प्राप्त गरेको छ ।

नेपालको वित्तीय क्षेत्रमा आएको समस्यालाई तत्काल समाधान गर्नको लागि सो कर्जा फलदायी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताउनुभयो । बंैकले हाल कृषिमा १२, प्रतिशत ऊर्जामा ७ प्रतिशत पर्यटनमा ५ प्रतिशत, ३० प्रतिशतभन्दा बढी लघुवित्तमा लगानी गरिरहेको सीईओ केसीले बताउनुभयो । बैंकका अध्यक्ष पवन गोल्यानले बैंकले नयाँ खालको अभ्यास गरिरहेको र यसले नेपालको वित्तीय क्षेत्रको समस्या समधानमा हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्