माडुरोद्वारा ट्रम्प सरकारलाई ‘ उग्रवादीहरुको समुह ’ को संज्ञा



काराकास,(एजेन्सी)
भेनेजुयलाको अस्थिर राजनीतिक माहोलमा संघर्षरत निकोलस माडुरोले मंगलवार अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारलाई ‘ उग्रवादीहरुको समुह ’ को संज्ञा दिँदै अमेरिकाले आफ्नो राष्ट्रमा समस्या चर्काइरहेको आरोप लगाएका छन् ।

विविसिलाई अन्तर्वार्ता दिने क्रममा माडुरोले आफुले मानविय उद्धार सामग्रीलाई भेनेजुयला छिर्न नदिने तथा यसबाट अमेरिकालाई आफ्नो हस्तक्षेप लुकाउन सजिलो हुने बताएका छन् ।

उनले युद्ध पिपाशु अमेरिका र तिनका मतियारले भेनेजुयला कब्जा गर्न खोजिरहेको पनि बताएका छन् । अमेरिका लगायत अधिकांश पश्चिमी मुलुकले विपक्षी नेता हुवाँ गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मानयता दिइसकेका छन् ।
माडुरो माथि यथाशिघ्र राष्ट्रपतिय निर्वाचन आब्हान गर्नका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दवाव बढ्दै गइरहेको छ । साथै भेनेजुयलाको आर्थिक स्थिती नाजुक हुँदै गइरहेको छ भने व्यापक भ्रष्टाचार र मानव अधिकार उल्लंघन भएका ेजस्ता आरोप पनि माडुरो सरकार माथि लगाइन थालिएको छ ।

यसैबिच मंगलवार गुआइदोले आफ्ना समर्थकहरुलाई सरकार विरुद्ध नयाँ विरोध प्रदर्शनका लागि आब्हान गरेका छन् । राष्ट्रपति ट्रम्पको सरकारले गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिनु अघि नै भेनेजुयला र अमेरिकाबिचको समबन्ध चिसिएको थियो । ट्रम्पले सैनिक वल प्रयोग एक मात्र विकल्प रहेको प्रतिक्रिया दिएपछि भेनेजुयलाले अमेकिरासंगको कुटनीतिक सम्बन्ध त्यागेको हो ।

प्रतिक्रिया दिनुहोस्