सेनालाई युद्ध तयारीको प्रशिक्षण दिन सीको आदेश



新华社照片,北京,2016年4月20日   习近平视察军委联合作战指挥中心   4月20日上午,中共中央总书记、国家主席、中央军委主席、军委联指总指挥习近平到军委联合作战指挥中心视察,代表党中央和中央军委,向军委和战区两级联指中心全体指战员致以诚挚问候。   新华社记者 李刚 摄

बेइजिङ (एजेन्सी)
चिनियाँ राष्ट्रपति सि जिनपिंगले विश्वको सबैभन्दा ठुलो सेनाको प्रभावकारी प्रशिक्षणका लागि आदेश जारी गरेका छन् । यसको उद्देस्य शसस्त्र बलको युद्धको तयारीमा सुधार गर्नु रहेको सरकारी सन्चार माध्यमले जनाएको छ ।
माओत्सेतुंगपछि चीनका सबैभन्दा शक्तिशाली नेताका रुपमा मान्यता पाएका ६५ बर्षिय सी सत्तारुढ कम्युनिस्ट पार्टी अफ चाइना (सीपीपी), सेना र राष्ट्रप्रमुख हुन् । उनले देशमा सैन्य प्रशिक्षणको रेखदेशका लागि एक परीक्षण नियामक हुनु पर्ने निर्देशन सहित उक्त आदेश दिएका हुन् ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाले उक्त नियामक मार्च १ बाट प्रभावमा आउने जनाएको छ । यसमा जनमुक्ती सेना (पीएलए)को युद्ध तयारीका लागि सुधारमा ध्यान केन्द्रित गरिनेछ । वास्तविक युद्धका क्रममा प्रयोगको कुनै औचित्य नभएका पक्षहरुमा सुधार गर्न कदम चालिने बताइएको छ । यसले सैन्य प्रशिक्षणका क्रममा कुप्रथा तथा अनुसासन भंग गर्ने परिस्थितिहरुको पहिचान गरि त्यसको विवरण पनि दिनेछ ।

दक्षिण चीन सागरमा आफनो दावीमाथि पश्चिमा सक्तीहरुको चुनौती र त्यस क्षेत्रका अन्य छिमेकीहरुको दोहोरो दावीका कारण चीनले त्यहाँ युद्धको सम्भावनालाई नकार्न सकेको छैन । स्वतन्त्र जलमार्गका प्रयोगका नाममा अमेरिकी युद्ध पोतहरुको आगमन, ताइवानको मुद्दामा अमेरिकाको चीन विरोधी नितिले पनि संघर्ष अन्तिम विकल्प हुन सक्नेमा बेइजिङ संसकित रहेको छ । आफनो सम्प्रभुताको रक्षा र ताइवान एकिकरणलाई लिएर चीन कुनै सम्झौता गर्न तयार नभएकोमा बेइजिङको स्पष्ट निति रहेको छ ।

चीनले हालैका केही बर्षमा आफनो सेनालाई अत्याधुनिक बनाउन ठुलो लगानी गरिरहेको छ । जल, स्थल र वायु सेनालाई ससक्त र अत्याधुनिक हतियारबाट सुसज्जित बनाउने काम तिब्र गतिमा भइरहेको छ । हतियार प्रविधिमा फड्को मारिरहेको चीनले अमेरिकी सेनालाई विभिन्न मोर्चामा चुनौति दिँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्