धुर्मुस सुन्तली फाउन्डेसनलाई मलेसियाबाट ३५ लाख सहयोग



नेपाल समाचारपत्र,काठमाडौं
चितवनको भरतपुरमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट ३५ लाख ७१ हजार रुपैयाँ जुटेको छ । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट सहयोग प्राप्त भएको हो ।

मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको गरिएको थियो । फेसबुकमा स्टाटस लेख्दै भनेका धुर्मुस अर्थात सिताराम कट्टेलले भने, ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वःस्फुर्त तिनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।’

कार्यक्रम स्थलबाट २० लाख ७१ हजार रुपैयाँ र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले स्टाटस मार्फत प्रस्तुत गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्बको लगानीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्