हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा



अबुदाबी, संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ ।

अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् ।

भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमा युएइको अदालतको प्रशंसा गर्दै उहाँले हिन्दी भाषालाई पनि युएइमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

यो निर्णयले न्याय सेवा प्रवाह थप प्रभावकारी हुने र आम नागरिक लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।
युएइमा आप्रवासीहरु मध्ये सवै भन्दा धेरै भारतीय रहेका छन् । उनीहरु अधिकांश हिन्दी भाषी हुने गरेका छन् । त्यसैले पनि हिन्दी भाषालाई औपचारिक भाषाको रुपमा मान्यता दिनु पर्ने देखिएको हो ।

एक तथ्यांकका अनुसार दुबईमा तीन लाख भन्दा बढी भारतीयहरु रहेका छन् । उनीहरु प्राय भारतको उत्तरी र मध्य क्षेत्रबाट आउने गरेको गल्फ न्युजले लेखेको छ ।
रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्