नेविसंघको कार्यसमिति भंग गर्ने कांग्रेसको निर्णय



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसले विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।

यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्